Categories: बाल कथा

उपहार


नन्दलाल आचार्य

हिजो साँझ छोरोले निकै उत्साहका साथ भनेको थियो, “बाबा, जन्म दिनको अवसरमा भोलि हजुरका लागि एउटा विशेष सरप्राइज दिने छु !”
त्यसबेला ​बाबुको मन खुसीले गद्गद भएको थियो । बाबाले सोचेका थिए- सायद छोराले मेरो फाटेको जुत्ता फेरिदिनेछ वा बुढ्यौलीका लागि एउटा न्यानो स्विटर किनिदिनेछ।
आज बिहानै छोरो मुस्कुराउँदै कोठामा पस्यो । उसको हातमा एउटा सानो बट्टा थियो । बाबुले काँप्ने हातले बट्टा खोले। भित्र एउटा महँगो र चम्किलो ‘स्मार्ट घडी’ थियो।
बाबुले घडी हेरे, त्यसपछि छोराको अनुहारमा हेरे र मलिन स्वरमा सोधे, “यसले के गर्छ छोरा ?”
छोरो गर्व गर्दै भन्यो, “बाबा, यसले हजुरको मुटुको धड्कन नाप्छ, कति पाइला हिँड्नुभयो भन्ने गन्छ र हजुर कति बेला सुत्नुभयो, सबै रेकर्ड राख्छ।”
​बाबुले लामो सुस्केरा हाल्दै घडी टेबुलमा राखे र भने, “बाबु ! मुटुको धड्कन त मलाई एक्लो पारेर तिमी बाहिर जाँदा पनि बढ्छ, के त्यसले मेरो ‘छट्पटी’ पनि नाप्न सक्छ र ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

12 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

12 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago