शिक्षा भनेको कक्षाकोठामा सीमित पाठ्यपुस्तकको अध्ययन मात्र होइन

शिक्षा भनेको कक्षाकोठामा सीमित पाठ्यपुस्तकको अध्ययन मात्र होइन, यो संस्कार, संस्कृतिको हस्तान्तरण र जीवन उपयोगी सीप विकाससँग पनि गहिरो रूपमा जोडिएको प्रक्रिया हो। यही यथार्थलाई आत्मसात गर्दै भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट इङ्लिस स्कुलले हालै जुनियर सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो, जसले विद्यालय शिक्षाको व्यापक आयामलाई उजागर गर्‍यो।
कार्यक्रममा विद्यार्थीहरूले नेपालका विभिन्न जातजाति, भाषा, भेषभूषा र सांस्कृतिक परम्परालाई प्रतिबिम्बित गर्ने नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरे। ती प्रस्तुतिहरू केवल मनोरञ्जनमा सीमित रहेनन्, बरु विविधताभित्रको एकता, सहअस्तित्व र आपसी सम्मानको सन्देश प्रवाह गर्न सफल भए।
आजको प्रतिस्पर्धात्मक शैक्षिक परिवेशमा विद्यालयहरूमा शैक्षिक उपलब्धिसँगै सह–शैक्षिक तथा अतिरिक्त क्रियाकलापको महत्व झनै बढ्दै गएको छ। एभरेस्ट इङ्लिस स्कुलले विद्यार्थीको रुचि र क्षमताको पहिचान गर्दै खेलकुद, नृत्य, गायन, योग, उशु लगायत २० वटा विभिन्न क्लबहरू सञ्चालन गरी सिकाइलाई व्यवहारिक र जीवनमुखी बनाउने प्रयास गरिरहेको देखिन्छ।
यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गराउने मात्र होइन, आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना पनि उत्पन्न गराउँछ। “पहिले मित्रता, अनि मात्र प्रतिस्पर्धा” भन्ने अवधारणालाई व्यवहारमा उतार्नु विद्यालय शिक्षाको सकारात्मक अभ्यासका रूपमा लिन सकिन्छ।
नेपालजस्तो बहुसांस्कृतिक समाजमा बालबालिकालाई सानैदेखि विविधताको सम्मान गर्न सिकाउनु आजको आवश्यकता हो। विद्यालयस्तरमै यस्ता कार्यक्रममार्फत सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक चेतनाको विकास हुनु सुखद सङ्केत हो।
विद्यार्थीलाई केन्द्रविन्दुमा राखी आयोजना गरिएका यस्ता सांस्कृतिक कार्यक्रमहरूले केवल विद्यालयको गतिविधिलाई मात्र सशक्त बनाउँदैनन्, यसले समाजमा संस्कृतिप्रतिको चेतना अभिवृद्धि गर्दै भावी पुस्तामा मौलिक परम्पराको निरन्तरता सुनिश्चित गर्ने आधार तयार गर्छन्। एभरेस्ट इङ्लिस स्कुलका यस्ता कार्यक्रमले सहभागी स्वयम्विद्यार्थी मात्र नभई अन्य व्यक्ति समुदाय तथा विद्यालयहरुका लागि प्रेरणाका स्रोत बन्न सक्छ।

सारथि बाल पत्रिका

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

3 days ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

3 days ago