Categories: बाल कथा

उपहास


राजन कार्की(पाजु)
धरान १३ सुनसरी

तालीको गडगडाहटको साथमा प्रमुख अतिथिले शहिदको गलामा माल्यार्पण गरे।
यसै गरी उपस्थित सवैले शालिकमा पालैपालो अविर र माला अर्पण गरे । माला र अविरले शालिक शोभायमान देखियो।
आज सहिद दिवसको अवसरमा , टोलमा सहिद सम्मान कार्यक्रम आयोजना गरिएको थियो।
माल्यार्पण को कार्यक्रम सकिएपछि सबै मञ्च तिर लम्किए।
सहभागी सबैले सहिदको बारेमा यथासक्य प्रशस्ति गाए।
सन्चालकले सहिद दिवश र सहिदको योगदान का बारेमा प्रकाश पारिदिन आजका प्रमुख अतिथिलाई मन्चमा निम्त्याए।
“आज सहिदको सपना साकार भएको छ, सहिदको बलिदानीकै कारण आज देशमा गणतन्त्र वहाली भएको छ, जनताले न्याय पाएका छन्।”
प्रमुख अतिथिको सारगर्भित मन्तव्य खातिर कार्यक्रम स्थल तालिले गुञ्जायमान बन्यो।
प्रमुख अतिथि अझै हौसिए, उनले थपे-“आदरणीय जनसमुदाय! सहिदको बलिदानीबाट आज जनताका छोराछोरी देशको उच्च तहमा पुग्न पाएका छन्। देसमा सुशासन कायम रहेको छ ! सहिदको उच्च सम्मान भएको छ, सहिदको परिवारको भरणपोषणको उचित व्यवस्थापन राज्यले गरेकोछ।”
सबैले पर्ररररररर , ताली बजाए।
कार्यक्रम समापन भयो । मञ्च बाट ओर्लदै गर्दा धिमे आवाज सुनियो – ” साहेब ! दश रुपैयाँ दिनुस् न !” कांपेको स्वर!!
सबैको ध्यान तेतै खिचियो, जन आन्दोलनका घाईते विजुलेको बाह्रवर्षे छोरो, प्रमुख अतिथिको अगाडि हात फैलाएर ठिंग उभिएको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

14 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

15 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago