Categories: बाल कथा

नयाँ बीउ


विवेक शर्मा गौतम
टोखा-३ काठमाडौं

भाषण र राष्ट्रिय गानको आवाजले वातावरण गुञ्जायमान छ।
काठमाडौंको टुँडिखेलमा ठूलो भीड लागेको छ। कार्यक्रममा बाजे विजयवीर नाति अनमोलसँग उपस्थित छन्। अनमोलले पहिलोपटक सहिद दिवसको बारेमा सुनेका हुन्।
“बाजे, सहिद भनेको के हो?” अनमोलले बाजेलाई प्रश्न गर्यो।
विजयवीर एकछिन मौन भए। आँखा टाढा कतै अतीतमा हराएजस्तो देखिन्छन्। “सहिद भनेका ती हुन्, जसले आफ्नो प्राण देशका लागि उत्सर्ग गरे। हामीले आजको यो स्वतन्त्रता, यो सम्मान उनीहरूको बलिदानकै कारण प्राप्त गरेका हौँ।”
“उनीहरू किन मरेका त?” अनमोलले अझ जिज्ञासु भएर सोध्यो।
“त्यस समय हाम्रो देशमा अन्याय र दमन थियो। बोल्ने स्वतन्त्रता थिएन। तर ती सहिदहरू डराएनन्। उनीहरू उठे र आफ्ना जनताको अधिकारका लागि लडे।”
विजयवीरको आवाज भारी भयो। उनले टुँडिखेलको एउटा कुनामा ठड्याइएको शालिकतिर इशारा गर्दै भने, “उनीहरूकै बलिदानका कारण हामी आज स्वतन्त्र छौँ। त्यसैले यो दिन उनीहरूको सम्झनामा समर्पित छ।”
अनमोलले ध्यानपूर्वक शालिक हेर्दै भन्यो, “बाजे, म पनि ठुलो भएर देशका लागि केही गर्छु।”
विजयवीरको अनुहारमा गर्वको झल्को आयो। उनले नातिको टाउकोमा हात राख्दै भने, “त्यो भन्दा ठूलो योगदान केही हुन सक्दैन। सहिदहरूको बलिदानको अर्थ बुझेकोमा म खुसी छु।”
त्यस दिन देखि अनमोलका मनमा देशभक्तिको एउटा नयाँ बीउ रोपिएको छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

15 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

16 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago