कृष्णलाल शर्मा
जागीरोड, असम
“उमा छेत्री ! धन्य तिमी ! क्रिकेट विश्वमा पहिलो महिला विश्वकप -२०२५ की विजेता —उमा छेत्री ! हार्दिक अभिनन्दन !!!”
अनायासै लाखौँ लाख टिलिभिजन हेर्दै गरेका दर्शकले आनन्द उल्लास मनाउने क्रममा गीता दिदीले भने उमा छेत्रीको उच्च प्रशंसा गर्दै सरासर आफ्नो मोवाइलमा यसरी स्टेटस लेखिन ।
अलिबेरमा एकाएक लाइक कमेन्टहरू बेस्सरी आउन थाले । क्षणक्षणमा गीता दिदीले आफ्नो स्टेटस पुनः पुनः हेर्दै साथीहरूका कमेन्टहरू पढ्न थालिन्।
यत्तिकैमा उनकी एकजना सहेलीले पुनः उमा छेत्रीको प्रशंसा गर्दै लेखिन “गोर्खा चेली उमा छेत्रीको जय जय होस ! जय गोर्खा।”
अर्की एउटीले लेखिन — “सम्पूर्ण भारतीय महिला क्रिकेट टीमको बधाई । टीम इंडिया की जय हो।”
अर्की एउटीले लेखिन– “असम कन्या – उमा छेत्रीलाई अभिनन्दन। जय आइ असम।”
गीता दिदीलाई गोर्खा र अन्य जाति जनगोष्टिका साथी सहलीहरूका यस खालका धेरै कमेन्टहरू पढ्दै जाँदा आँफुमा असामञ्जस्यताको वोध हुन थाल्यो । त्यस्तो अनुभव हुनु पनि स्वाभाविक नै थियो । किनकि गोर्खाली कतिपयले गोर्खा चेली, असमिया भाषीले असम कन्या , अरू अरू भाषीले भारतीय चेली लेखेर मुक्त मनले प्रशंसा गर्नु स्वाभाविक थियो। धेरैजसोले त झन आफ्नो जात धर्म माथि रहेर “उमा छेत्री लगाएत सम्पूर्ण नारी शक्ति विशेष गरि टीम इन्डियालाई अभिनन्दन” भनेर लेखे। त्यसपछि गीता दिदीको धन्यवाद दिने पालो पऱ्यो । उनी अलिक धेरै आवेगिक बन्दै आफ्ना मित्रहरूलाई जवाफ फर्काइन –” विश्व विजेता भारतीय नारी शक्ति – जिन्दावाद ।”
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…