सरिता पराजुली
सेल अर्सा फिनी राेटी
पकाएर आमा
भान्साभित्र पस्नु भयाे
खान भन्दै खाना ।
सानी नानी आफ्नै धुनमा
रमाउँदै थिइन्
सेल राेटी पकाउने
ठाउँ देख्न पुगिन्।
कराईमा तेल थियाे
बाटाभरि पीठाे
थालिन् उनले पकाउन
सेल राेटी मिठाे।
यता उता पीठाे पनि
मिलाएझैं गरी
घुमाउँदै पीठाे हालिन्
आमालेझैं गरी ।
सानी नानी दङ्ग पर्दै
हेर्दै थिइन् राेटी
हजुरआमा हाँस्नु भयाे
मुख छाेपी छाेपी।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/register-person?ref=JW3W4Y3A