Categories: कविता

“एकता”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

एकताका कुरा गराैँ भन्नुभयाे काका
एकताका कुरा सुन्दा खुले बन्द आँखा।

माहुरीकाे एकताले मह बन्छ मिठाे
एकतामै कमिलाले काम गर्छ छिटाे।

एकताले देश बन्याे नेपाल याे हाम्राे
वीर पुर्खा गाेर्खालीकाे चल्याे नाम राम्राे।

नेपालीकाे एकताले शत्रु हार खाए
शक्तिशाली भएपनि लाखापाखा लाए।

बल हुन्छ एकतामा फत्ते हुन्छ काम
टुक्रिएमा एकता याे हुन्छ बदनाम।

डाेरी बाँधाैँ एकताको सबै मिलीजुली
बाँञ्चुजेल जिन्दगीमा बसाैँ हाँसीखेली।

नेपाल याे फुलबारी हामी सबै माली
एकताले हरभरा पाराैँ मेची काली।

स्वर्गसरी देश हाम्राे अन्त कहाँ छ र ?
एकताको मन्त्र हाम्राे छराैँ विश्वभर।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

20 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

20 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

21 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago