Categories: कविता

“माछाे माछाे”

पुण्य घिमिरे
बैत्यश्वर -६, दाेलखा

चाेरीऔँला माछाे हाे, बुढी भ्यागुताे,
माछाे माछाे भ्यागुताे, आऊ खेल्ने हाे ।
चाेर औँला लुकाएर, छल्ने खेल याे,
माछाे माछाे भ्यागुताे, माछा कता गाे?
समाऊ चाेरी औँला, हिस्स भ्यागुताे,
पालाे माछाे समाउने, बाबु नानीकाे ।
माछाे पक्रे एकअङ्क, शून्य भ्यागुताे,
माछाे माछाे भ्यागुताे, माछा कता गाे ?
भन्दिनुस् छिटाे बाबा, माछाे हरायाे,
धमिलाे पानीमा पाे, माछा कुर गाे ।
हैन हैन बाबा माछाे, लुकाउनु भाे,
माछाे माछाे भ्यागुताे, माछा कता गाे ?
बाकाे मात्र अङ्क आयाे, मेराे शून्य भाे,
चाेरी औँला लुकाएर, हैरान पार्नु भाे ।
मैले पनि जाने खेल्न, जादु खेल याे,
माछाे माछाे भ्यागुताे, माछाे कता गाे?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

19 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

19 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

20 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago