Categories: बाल कथा

“एकता”


रम्भा पौडेल
वाणस्थली थानकोट काठमाडौं

“ए माली छिटो आउ न ! किन ढिला गरेको ?” सँगै जाउँ, चर्न जाने बेला भैसक्यो । विहान गाई फुकाएपछिको अवस्थामा कालीगाईले हाम्बाँ… गर्दै मित्रभावले मालीलाई बोलाइ । “सधँ जसो झैँ आज पनि काली र मालीका बथान मिलेर ठुलो घाँसको फाँटमा चर्न गए। तिनीहरुका आउ जाउ कृयाकलापहरू ,मिलेर चर्ने बानी ” जंगलको राजा भनिने सिंहले नजिकबाट नियाली रहेको थियो । “आफनो आहार आफ्नो अगाडि देखी देखी हिड्थ्यो तर उनीहरू गोल मिलेर चरेको देख्दा आहारा पकड्ने हिम्मत गर्दैनथ्यो “। आज पनि लोभिएका आँखा टल्काउदै झाडीमा लुकेर सिंहले दाउ हेरी रहेको थियो । “मलाई त अलि बढी बाक्लो घाँसभएको ठाउँमा जान मन लाग्यो । बाक्लो घाँस भए तिरै जान्छु ।” कालीले स्वार्थ भावप्रकट गरी र एक्लै हिंडी । “आफ्नो गोल छोडेर गएको देखेपछि मालीले पनि आफना छोराछोरीलाई भनी ” आऊ नानीहरु हामी पनि अर्के ठाउँ खोजौँ र मज्जाले आहारा खाऊँ । “बाच्छा बाच्छीहरु पनि खुशीहुँदै , बुर्कुसी मार्दै आमा सँगै लागे “। बाक्लो घाँस भएको ठाउमा उनीहरुले मज्जा मानी मानी घाँस खान लागे । “एकै छिनमा कालीले बाँ …बाँ …गरेर नराम्रो आवाज निकालेको मालीका बच्चाले सुने र भने आमा ! आमा ! यो त काली आमाको आवाज हो । के भयो हँ ?” मालीले भनि “हुन देउ न ! आफ्नाखुसी ले गा कि त हो ” “तिमीहरु आफनो आहारा लिइ राख ” मालीले संझाइ “कालीआमालाई सिंहले झम्टेजस्तो छ । आमा जाउँ न । “बाच्छाहरुले जिद्दी गरे । “ल ,हिड न त ।” सबैजना काली भएतिर लागे । “कालीको घाँटीमा सिंह गडेको सबैले देखे ।” माली आमाले भनिन— “नानी बाबुहरूहो नडराउ । हामी बीरभूमिका सन्ततिहरू हौँ । म जे गर्छु , तिमी पनि त्यस्तै गर ।” “मालीले सिंहको जीउमा आफनो सिङ्ले उधिनी । बाच्छा बाच्छीहरुले पनि धुरिएर आमा सँगँगै सिङ् गाडे , आखिरमा हत्यारो सिंहलाई मृत्युको मुखमा पुर्याएरै छाडे । मालीले वेदना युक्त उच्छ्वास छोडी कास ! हाम्रो साथ नछोडेको भएदेखि कालीको प्राण जाँदैनथ्यो कि ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

10 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

10 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago