रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
गोडमेल गरौँ कुटो लगाई मिल्काई काँडाघारी
चिरिच्याट्ट सजाउनु छ प्यारो फूलबारी
फूलबारीको फूल हेर्न उड्दै आयो मौरी
मौरी देख्दा खुसी भई सानी बैनी गौरी
अझै फूल फुलाउनु छ गमलामा सारी
हेरिरहूँ झैँ लाग्ने आहा प्यारो फूलबारी
फूल जस्तै राम्रो बनौँ मिठो बास्ना छरौँ
घोच्ने तिखा काँडा हैन फूलले माया गरौँ
पन्छाएर पतिङ्गर हटाएर झाडी
सफा सुग्घर पारौँ आऊ प्यारो फूलबारी
तिमीलाई नि छ र साथी फूल टिप्ने धोको
धोको भए आऊ टिपौँ एउटा फूल चोखो
त्यही फूल चढाउनु छ देउताको नाम पारी
फूलैफूलले रङ्गिएको प्यारो फूलबारी।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…