प्रमोद सारंग
एकदिन यस्तो भयो, सून साथी सून
घाम लाग्दै झरी पर्यो, रुन थाल्यो जून
काग आँफै गीत गायो, छेपारोले नाच्यो
पेट मिची नदी छेउ भ्यागुताले हाँस्यो
पाटेबाघ घुर्न थाल्यो, हात्ती लम्की आयो
दूलोभित्र सर्प पस्यो, ठूलो मुख बायो
आकाशमा घुर्न थाले, चमेरो र बाज
दौड भयो- कछुवा र खरायोको आज
स्याल कुद्यो खोला पारी के हुने हो फेरि?
सिंह सुत्यो घाँसमाथि रमिता पो हेरी !
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…