Categories: कविता

दशैँ


राजन कार्की (पाजु)
धरान १३ सुनसरी

“बाबा बाबा!! हाम्रो चाहिँ खसी कहिले ल्याउने सबैका घरमा ल्याइसकेछन् ; त्यो रुपेशलाई त नाना पनि ल्याइदिसकेछन्!”
छोरीले मेरो अनुहार तिर हेरेर कुम उचाल्दै जिज्ञासा राखी।
“आज ल्याउने ल!” उसको जिज्ञासा शान्त पार्न खोज्दै मैले भने।
“हाम्रो नी खसी ल्याउने” भन्दै ऊ आगनमा खुसीले नाच्न थाली।
” जानु न त बजार !; चाडवाड भनेको केटाकेटीकै रमाईलो को लागि त होनी ! ” श्रीमतीले खाना पस्किदै उक्साईन। आवाजमा उनको पनि रहर मिसिएको आभास पाएँ।
बेलुका काँधमा झोला र हातमा खसी डोर्याउदै आईपुगेँ।
छोरी,गाउँ भरिका आफ्ना दौँतरी भेला गरेर मेरै बाटो हेरी रहेकी थिई खसी देख्ने बित्तिकै छोरीका भैमा खुट्टा भएनन्। “आहा ! हाम्रो नि खसी !” भन्दै खुसीले नाच्न थाली, उसको खुसीमा दौतरीले पनि साथ दिए।
सबै खसीका वरिपरि झुम्मिएर कसैले कान कसैले सिँग सुम्सुम्याउन थाले।
“खुट्टा पनि कति ठुलो रैछ यो खसीको त ; सिँग पनि कस्तो घुमेको नि !” रूपेसले आश्चर्य मान्दै भन्यो।” अनि मेरो बाबाले ल्याको खसी यस्तै त हुन्छ नि ,हगि बाबा !” खसीको ढाड मुसार्दै म तिर हेरेर उसले रुपेसको जवाफ फर्काई।
“अनि हो नि त ! लु ,नाना पनि !” मैले लुगाको पोको हातमा थमाईदिंदै भने। “आहा! नाना पनि ! हेर रुपेश ! झन उसको खुसीले सिमा पार गर्यो। दौतरिलाई बोलाउँदै पोको फुकाउन थाली। खसी छोडेर सबै लुगा तर्फ झ्याम्मीए।
म पनि आफ्नो बाल्यकालको दशैँको खुशी सम्झदै उनीहरु तिर एकोहोरीरहे !!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago