Categories: बाल कथा

कठिन कार्य

प्रभादेवी पौडेल
भरतपुर ९, चितवन

” ए नानी कति सुतिराखेकी ? दाजु र भाइ अघिनै उठेर पढ्न बसिसके, यो भने आधा टाँगामा घाम आउँदा सम्म सुतिरहन्छे ।” आमाका कुरा सुनेर उसले सुनेको नसुन्यै गरेर अझ मुख छोपेर सुती। के गर्ने दुई भाइ बिच एउटी छोरी उसले बा आमालाई जिती सकेकी थिई ।
बल्ल बल्ल तल्लो श्रेणीमा एस ई ई पास गरेर कलेज गाएकी रमिला किताब समाएपछि उसलाई ज्वर आउँन थाल्यो । उसको एघार र बाह्रको परीक्षाफल पनि त्यस्तै नराम्रो आयो । छोरीको पढाइमा कुनै प्रगति हुने नदेखेपछि दाजु र बाले बिहे गरिदिने निर्णय गरे।
रमिला निक्कै सुन्दरी थिई । कुल घरान पनि राम्रै हुनाले भनेजस्तो केटा माग्न आए। बिहे पक्का गरे।
टीका टालाको दिन थियो। बाबा निक्कै नम्र भएर दुलाहा केटो र उनका वाउ नजिकै गएर हात जोड्दै भने , ” हजुर आज देखि मेरी छोरी हजुरलाई सुम्पिदै छु । यसले केही काम पनि गर्न जान्दिन , अराई सिकाई गर्नुहोला।” उनका कुरा सुनेर केटाको बाउले तुरुन्तै उत्तर दिए , ” चिन्ता नलिनुहोस् हजुर , हाम्रो घरमा दुई दुई जना काम गर्ने छन् हामीलाई त नानीले पढिदिए मात्रै पुग्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

13 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

14 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago