विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै

राजेश दिदिया

भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर ठिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई  यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो ।
विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कन्डम दिवसका अवसरमा यसको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पठाउन हिचकिचाउने अवस्था अझ पनि छ अव पनि यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तनको विषयमा किशोर किशोरीलाई जानकारी नदिने हो भने यसले भविष्यमा ठुलो समस्या ल्याउन बताउँदै यसको समाधानका लागि सुरुवात मार्फत विद्यालयमा नै गएर विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य एव कन्डम लगाएको प्रयोगको विषयमा जानकारी दिइएको बताउनुभयो ।


हामीले हरेक वर्ष कन्डम दिवस त मनाउँछौँ तर अझ पनि यसको प्रयोगको विषयमा राम्रो चेतना भने अभाव रहेको उहाँले जानकारी दिनुभयो । किशोर किशोरीहरूलाई अझ यसको विषयमा जानकारी दिन आवश्यक रहेको छ ।
अधिकारीका अनुसार सुरुवातले विद्यालयमा गएर यौन तथा प्रजनन स्वास्थ्यको विषयमा जानकारी दिनुका साथै कन्डम दिवसका अवसरमा सुरुवातको कार्यालय अगाडी कन्डमको प्रयोगलाई बढवा दिँदै एचआइभी एड्स जस्ता सङ्क्रमण कम गराउने , यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कन्डमको प्रयोग गर्नुपर्ने, कन्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी जानकारी प्रदान गरिएको थियो ।

सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago