Categories: बाल कथा

“कठिन घुम्ती”


रञ्जुश्री पराजुली

सबै साथीहरुसँग एकसे एक मोबाइल छ। आफुसँग भने थोत्रो। अरुलाई देखाउन पनि लाज लाग्ने दुई पैसे मोबाइल छ। अब देखि मलाई फोन नगर्नुस् है बा । म जवाफ दिन्न।” सुरेश प्रत्येक दिन स्कुल जाने बेला आफ्नो बाबुलाई घुर्क्याउँ छ। छोरालाई साम्य पार्न खोज्दै बुबा भन्दछन् ” त्यसो नभन न बाबू ” एक महिना साहुले ओभर टाइम गर्न दिए भने म तिमीलाई नयाँ यो भन्दा राम्रो मोबाइल किनिदिन्छु । छोरा तिम्रै उज्ज्वल भविष्यको लागि घरमा तिम्री आमा र बहिनीलाई छोडेर यहाँ सानो तिनो काम गरेर पैसा कमाउँदै छु । म तिम्रो सबै इच्छा बिस्तारै पूरा गरिदिन्छु। सरकारीया स्कुलमा नभएर तिमीलाई प्राइबेट स्कुलमा एघार कक्षामा भर्ना गरेको छु । तिमी पढाईमा ध्यान देउ । अरु सबै म पुर्याउँछु । ” तपाईँ सधैँ यसै भन्नु हुन्छ । तर मेरो कुन इच्छा पुर्याउँनु भएको छ ? अब म आफूलाई चाँहिने पैसा जसरी भए पनि आफैँ कमाउंछु ।” बाबुले धन भएर पनि छुच्याई गरेको जस्तोगर्दै रिसाएर ढोका ढ्याम्म बजारेर हुत्तिएर बाहिर निस्कियो। “ए बाबू छोरा नरिसाउन। तिमी पहिले आफ्नो पढ्ने काम सक न । कमाउँने कुरा त छँदै छ नि” भन्दै बुबा छोरोलाई संम्झाउन खोज्छन् । ” भैगो , मलाई अर्ति दिनु पर्दैन । म आफैँ कमाउँछु ।” राम्रो पढेर ठूलो मान्छे बनोस् । आफुहरुको भविष्यको सहारा बनोस् भनेर दुखजिलो गरी सहर ल्याएर पढाएको छोरोको क्रियाकलापले उनको मुटुमा ठेस लागे तापनि धर्य गर्दै बेलुकीको खाना बनाएर छोरोको प्रतीक्षा गरेर बसे । आधा रात बितिसकदा पनि छोरो आएन । त्यत्तिकैमा अकस्मात ढोका खोलेर हुत्तिदै अरु उसका दुईजना साथी कोठाभित्र छिर्दै ” बुबा हामीले एटिएमहरु फोरेर पैसा लुटेर आएका छौ। पुलिस हाम्रो पिछा गरिरहेको छ। हामीलाई लुकाईदिनुस् पिलिज बुबा।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भाेलि हाम्रै हाे”

पुण्यप्रसाद घिमिरे दाेलखा नाना बाबा आमा चाचा, बाेली हाम्रै हाे, खेल्न मिल्ने नपड्कने, गाेली हाम्रै…

19 hours ago

नवलपुरकी प्रतिभा सजनी तामाङ

नवलपुरकी सानी प्रतिभा सजनी तामाङ अहिले आफ्नो उत्कृष्ट फुटबल खेलका कारण चर्चामा छिन्। कक्षा ६…

20 hours ago

अक्षर

  लक्ष्मी रिजाल कञ्चनरूप-१२,रूपनगर,सप्तरी भानु जयन्तीको बिहानीमा ​मञ्चको कुनामा बसेकी एक वृद्धा टोलाइरहेकी थिइन् ।…

2 days ago

“भानुका गुनिला कर्म”

लालबहादुर भुजेल दुईसय तेह्र, बर्ष अघि जन्मिएका भानु, भाषा अनि साहित्यकाे उन्नयनका "रानु" ! संभ्रान्त…

2 days ago

“भानुकाे संझना”

मधुसूदनप्रसाद घिमिरे दुर्लभ् थियाे लेख्न र बाेल्न लाई त्यै बेलामा भानु जन्मेर आइ लेखे उन्ले…

3 days ago

आदिकवि भानुभक्त आचार्य नेपाली भाषाका मेरुदण्ड:

हेमराज अधिकारी नेपाली साहित्यको इतिहासमा केही यस्ता विभूतिहरू छन् , जसको मूल्याङ्कन साहित्यकारका रूपमा मात्र…

3 days ago