ध्रुवराज थापा ‘पुरुष’
काभ्रे, पनौती। हाल: कपन, काठमाडौं
मेरो हेलमेटमाथि पानीको बोतल बजारियो।
बस हुईँकि रहेको थियो । बसको झ्यालबाट केही न केही कुराहरु फुत्त फुत्त बाहिर वर्षीई रहेका थिए।
कहिले चक्लेटका खोलहरु उड्थे त कहिले चाउचाउका खोल हावामा नाच्थे।
“बससङ्गै समानान्तर दुरीमा म पनि आफ्नो बाईकमा हुईँकी रहेको थिएँ।
केहिबेरदेखि बसको झ्यालबाट झरेका वस्तुले मेरो ध्यान केन्द्रित गरिरहेको थियो।
तर यसपटक आफ्नै टाउकोमा पानीको बोतल बज्रिएपछि दिमाग छताछुल्ल भयो। केही सोच्नै भ्याइन।
पहेंलो रंगको बसतिर हेरेँ । विद्यार्थीहरुको छटपटाहट देखेँ । सायद विद्यार्थीकोहरु स्कुलबाट घर फर्कदै थिए।
मलाई उत्सुकता भयो। यस्तो असभ्य व्यवहार देखाउने कुन विद्यालयका विद्यार्थी होलान् ? जान्न खोजेँ। यत्तिकैमा बसले मलाई उछिन्यो। मेरो आँखाले विद्यालयको नाम खोज्यो। नाम थाहा पाउन सकिन तर बसको पछाडि ठूल्ठूला अक्षरले नारा लेखिएको थियो “संस्कार युक्त शिक्षा आजको आवश्यकता।”
रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…