सुनिता निरौला पौडेल
राधेराधे ,निकोशेरा,भक्तपुर

“हार्दिक बधाई ! कृति उचाई चुम्न सफल होस्।”
फेसबुकमा नयाँ पुस्तक छापिएको खबरले उनलाई चारैतिरबाट शुभकामना आउँदै थिए । त्यही समयमा मोबाइलमा घण्टी बज्यो।
“निरु , “ए ! साँच्ची तिमिलाई हार्दिक बधाई छ है ।” पारुले भनिन्।
“धन्यवाद । पोहोर साल छापिएको तिम्रो पुस्तक कतिको बिक्री भयो त ? ” निरुले पारुलाई सोधिन्।
“कहाँ हुनु नि ! साथी ,धेरै लगानी गरेर पुस्तक छापियो। अन्तिममा सबै पुस्तकहरु बाँडेर सकियो।” निरास हुँदै पारुले भनिन्।
“म त पुस्तकहरु त्यसरी बाँड्दिन। बिक्री गर्छु र आफ्नो लगानी उठाउँछु साथी, ” आशावादी भएर निरु बोलिन्।
“यहाँ पुस्तक पढ्नेहरू भन्दा पुस्तक प्रकाशित गर्ने साहित्यकारहरु धेरै छ्न्। ” पारुले कुरा राखिन्।
“आफू चिनिनलाई पनि कृति निकाल्नै पर्यो नि। साहित्यकार भनेर मात्र के गर्नु , पैसा पनि त कमाउँनु पर्यो नि।” निरु बोल्दै थिईन्।
“साहित्यकार बन्नलाई पुस्तक छापेर पैसा कमाउने हैन , आफ्नो नाम पो कमाउँने हो क्या पारु !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

7 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

7 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

7 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

1 day ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

1 day ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

1 day ago