गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

भर्खरै पलाउन लागेका हाँगाहरुलाई छिप्पेका हाँगाले आफूतर्फ बढ्न दिएनन् । आफू बलियो छु भन्ने अहंकारले उनीहरू गजक्क पाकेका थिए । आफ्नो आश्रयमा ती कलिला हाँगा बाँचिरहेका छन् भन्ने घमण्डले ती पाकेका थिए।
समय बित्दै गयो । छिप्पेका हाँगाहरु कलिला हाँगाहरुले छोपिदै गए । तिनका पातहरुले उनीहरुलाई घामपानीबाट बचाउन थाले।
एकदिन कलिलाबाट छिप्पिन सुरु गरेका दुईवटा हाँगाहरुको कुराकानी चल्यो।
“यी छिप्पेका बुढा हाँगाहरुले पहिला हामीलाई कति धेरै हेप्थे । अहिले त हामीबाटै सुरक्षा पाउनुपर्ने रहेछ नि ।”  पहिलो हाँगाले भन्यो।
दोस्रो हाँगाले भन्यो,  “ भो भो ,धेरै घमण्ड नगर । एउटै घरमा बसेर पनि मनमा इख पाल्यौँ भने ती बुढा हाँगा र हामीमा के फरक ? ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गो भन्ने थाहा छैन तिमीलाई ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

19 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

19 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

19 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago