Categories: बाल कथा

कर्तव्य

गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

“राधा! छोराछोरीलाई बोलाऊ , एउटा सल्लाह गर्नु छ।” प्रशान्तले श्रीमतीलाई भने ।
राधाले जिज्ञासु भावमा भनिन्, “आज छोराछोरीलाई नै राखेर के त्यस्तो विशेष सल्लाह गर्नुपर्यो र हजुर ?”
“अहिलेको सन्दर्भअनुसार विशेष नै भन्नुपर्यो। बोलाऊ न पहिला अनि थाहा भइहाल्छ नि ।” प्रशान्तले झिँजो मान्दै भने।
राधाले बोलाउनासाथ छोराछोरी पनि उपस्थित भए। उनीहरू पनि जिज्ञासुभावले प्रशान्तले बोलाउनुको प्रयोजनलाई प्रतीक्षा गर्दै थिए।
“कुरा के भने नि , यसपटकको दसैँमा खर्चभार अलि कम गर्नुपर्ने भयो । तिमीहरूलाई मैले यसपटक नयाँ लुगा र जुत्ता नकिनिदिने निर्णय गरेँ । तिमीहरू यसमा के भन्छौ ?”
छोराछोरीले अनुहार बिगार्दै मुखामुख गरे मात्रै तर केही बोलेनन्।
राधाले असहमति जनाउँदै भनिन् ,” त्यसो भनेर कहाँ हुन्छ ? चाडबाड भनेकै केटाकेटीको लागि हो ?” ” केही न केही कारण नभई बाबाले कहाँ त्यसो भन्नुहुन्छ र ममी ? पहिला बाबाको मुखबाट कारण त सुनौँ ।” छोरीले भनी।
“दिदीको कुरा ठिक हो, बाबा यस निर्णयको पछाडि केही कारण पनि होला नि त ?” छोराले जिज्ञासा राख्यो।
“हेर , हाम्रो पालामा जस्तो लुगा लाउन दसैँ नै कुर्नुपर्छ भन्ने छैन । जहिले किनेर लगाए पनि भइहाल्छ । यो पटकको लुगा र जुत्ता किन्ने पैसा जम्मा गरेर बाढीपहिरोमा परेर बिचल्ली भएकालाई सहयोग गरौँ न हुन्न?”
उनका कुरामा सहमति जनाउँदै छोराले भन्यो ” , आहा ! बाबाले क्या राम्रो कुरा गर्नुभयो । म त मेरो खुत्रुके फुटाएर त्यहाँ भएको पैसा पनि दिन्छु ।”
छोरीले अझै सान लाउँदै भनी,”म त झन् अस्ति जन्मदिनमा जम्मा भएको सबै पैसा त्यसमै थपिदिन्छु।” छोराछोरीको उदार हृदयप्रति गर्व गर्दै राधाले भनिन् , “म पनि हिजो फाइनान्सबाट ल्याएको दसैँ बोनस सहयोगस्वरूप दिन्छु!”
छोराछोरीले आफ्नो कुरा मान्लान् कि नमान्लान् भन्ने आशंकामा रहेका प्रशान्तले खुसी हुँदै भने, “पीडितका लागि धेरै ठुलो सहयोग गर्न नसके पनि आफ्नो गच्छअनुसार सहयोग गर्नु सबैको कर्तव्य हो । आखिर थोपाथोपा मिलेरै त समुन्द्र बन्छ नि।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

9 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

9 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

9 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago