Categories: बाल कथा

नवरात्रि

धनसिंह विश्व
गेजिंग, प० सिक्किम

“बुवा! दशैँ आयो ? दशैँको बारेमा एक-दुई हरप भन्नुहोस् न।” सात आठ बर्षको छोरो अनुपमले स्कूलबाट आउने बितिकै मलाई सोध्यो।
म हरिनारायण गुरुजी सित बाद गर्दैथेँ। मैले भने, “पहिला लुगा फेर अनि हातमुख धोएर आउ अनि भन्छु। जाउ पहिला।”
एकैछिनमा लुगाहरू फेरेर छोरो आइपुग्यो र फेरि मलाई भन्यो, “भन्नुहोस् न बुवा ! दशैँमा केके गर्नुपर्छ ? अनि केको पूजा गरिन्छ?”
“दशौँमा दुर्गा देवीको पूजा गर्नुपर्छ। नयाँ नयाँ नाना, चिचि माम्  खानुपर्छ। निधारमा टीका जमरा लगाउँनु पर्छ। ठूला बडाको आशीर्वाद थाप्नु पर्छ। मामा घर जानुपर्छ।”
मेरो कुरा सुनेर एकैछिन के सोँच्यो फेरि भन्यो “बुवा पर मन्दिरमा पनि दुर्गा पूजा गरेको हो?”
“हो”। मैले भने।
दुर्गा पूजा किन गरिन्छ बुवा ? के को लागि पूजा गरेको?” जिज्ञासापूर्ण प्रश्नहरू तेर्स्यायो।
मैले भने “दुर्गा पूजाको पर्वमा देवी दुर्गाले नकरात्मक शक्ति भएको दुष्ट राक्षस महिषासुर माथि विजय प्राप्त गरेको रूपमा मनाइन्छ।”
“अनि हामी चाँहि राक्षस हौँ कि मान्छे ?” छोरोले सोध्यो।
हरि नारायण गुरुजीले भने ” दुवै हामी नै हौँ, नानी। खासै भन्नु हो भने यो आफू भित्रको दसवटा दुष्ट नकरात्मक उर्जा माथि विजय गरेर सकरात्मक उर्जा प्राप्त गरेको दिन हो, ‘विजयी दशमी’ अर्थात् दशैँ।”
छोरोले केही घोरिदैँ भन्यो “अन्त ! दशैँमा निमुखा प्राणीको हत्या गरेर , मासु खाएर, रक्सी पिएर फेरी मान्छेहरू किन दानव बनेको ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

8 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

8 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

8 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago