‘कर्म’


ध्रुवराज थापा’पुरूष’
काभ्रे पनौती, हाल: कपन काठमाडौँ

“म त आज सरस्वतीको मन्दिरमा पनि जान्न पूजा पनि गर्दिन !”बसन्तले सरस्वतीको पूजा गर्न मन्दिर जाउँभन्दा हरिशरणले यस्तो जवाफ फर्कायो । बसन्त चकित पर्यो, “होईन के भन्छस् यार तँ ? आफूलाई सरस्वतीको खुबै भक्त हुँ जस्तो गर्थिस् त ! आज एकाएक के भयो तँलाई ?” तैँले ठिक भनिस् बसन्त, मैले गएको वर्षभरि नै सरस्वतीको पूजा आरधाना गरेँ, जतिखेर सरस्वतीको ध्यान गरेँ ! तै पनि म परीक्षामा अनुत्तीर्ण भएँ ! तँ माथिल्लो कक्षामा गईस् मैले कक्षा दोहोर्याउनु पर्यो ! अनि मैले गरेको सरस्वतीको त्यत्रो  सेवा के काम लाग्यो त ?” हरिशरणले दु:खेसो पोख्यो । बसन्तले ब्यङ्ग गर्यो, “त्यसरी सरस्वतीको अगाडि लम्पसार परेर हुने भए पढ्नु किन पर्यो ? मैले पढाइ कर्मलाई महत्त्व दिएँ, तैँले वास्ता गरिनस् । हामीले त कर्म गर्ने हो भगवानले होस्टेमा हैँसेमात्र गर्ने हो !”