गनेश आत्रेय
कविले कविता रचना नगरी।
कविता कसरी बन्छ।।
शव्द थुपारी हुन्न कहिल्यै।
भाव मिले पो हुन्छ।।
लेख्न भन्न लय ज्ञान बिनाको।
सुन्न नमीठो हुन्छ।।
गति यति लयमा ताल मिलाए।
बल्ल मनोहर हुन्छ।।
लेख लेख है कविता कवि हो।
छन्द मिलाई राम्रो।।
अलङ्कार अनि रसले पूर्ण।
मनोहारी र राम्रो।।
भाषा माँझी विशुद्ध पारी।
त्रुटिहरु फाले हुन्छ।।
रसिलो मीठो सुललित सुन्दर।
सुगठित राम्रो हुन्छ।।
सिखी मिलाई खोजे लेखे।
अनि पो कविता हुन्छ।।
जाँगर साथै आँट गरे पो।
सुन्दर कविता बन्छ।।
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…
View Comments
https://shorturl.fm/DFFVk