देबी प्रसाद थापा’मामा’
मणिपुर

अफिसको कुर्सीमा बसेकी कर्मचारीले फाइल पल्टाउँदै भनिन्, “जम्मा एडमिशन फी पचास हजार ।”
खड्का झस्किए।
“दिदी… अलि कम हुँदैन ?” उनले विन्ती बिसाए।
“भाइ, गुणस्तर सस्तो हुँदैन,”उनले उत्तर दिइन्।”
खड्काले सर्वस्व बेचेर छोरालाई स्कुल भर्ना गरे।
दिन बित्दै गए। कहिले प्रोजेक्ट फी,कहिले पिकनिक फी,कहिले किताब परिवर्तन…..। यता घरमा दाल पातलिँदै गयो । उता स्कुलको बिल बाक्लिँदै गयो।
एकदिन छोराले एउटा कागज ल्यायो । लेखेको थियो – ‘नो फी,नो एक्जाम।’
त्यसपछि उनले बकस् खोले । त्यहाँ मात्र स्वास्नीका एक जोडी चुरा थिए।
उनी रातभरि निदाएनन्। केवल टाँगिएको छोराको स्कुले टाईतिर हेरिरहे।
उनलाई त्यो टाई टाईजस्तो पटक्कै लागेन…… ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

चलन

रमेश सुबेदी ललितपुर१३,कुसुन्ती पन्डित जी जग्गेमा गर्नु पर्ने पुजा पश्चात घडी हेर्दै लगन बित्न लाग्यो…

18 hours ago

“कविता”

गनेश आत्रेय कविले कविता रचना नगरी। कविता कसरी बन्छ।। शव्द थुपारी हुन्न कहिल्यै। भाव मिले…

19 hours ago

“सुस्वागत ग्रीष्म”

मचिन्द्र खत्री उदायो ग्रीष्मको घाम बिहानै ताप भर्दछ स्वागत तापले गर्ला यसले ताप छर्दछ।। तैपनि…

2 days ago

न्याय

प्रार्थना खनाल सुकेधारा,काठ्माडौं ऊ एक्कासी चिच्यायो,“कानून मिचियो।” ऊ र हीरा टी भी अघिल्तिर बसेर समाचार…

2 days ago

“कहिले मुस्कुराउँछन् ?”

घनश्याम रेग्मी छिमेकी घरको बच्चा गाडीमा सर्र आउँछ नयाँ जुत्ता तथा मोजा अङ्ग्रेजी गीत गाउँछ।…

2 days ago

कलङ्क

बाबुराम न्यौपाने"उत्स" दमक,झापा "मलाई एउटा कुराले धेरै नै पिरोल्यो मामू। आजको आधुनिक स्वतन्त्र युगमा पनि…

3 days ago