Categories: कविता

कस्काे हाेला हित ?

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

शिक्षा क्षेत्र अस्त व्यस्त हुँदै गयाे आज
नेपाली हूँ भन्न पनि लाग्न थाल्याे लाज ।

झाेला बाेकी सबै हिडे परदेशतिर
नेपालमै बसे पनि छैन उँचो शिर ।

विद्यालय शान्ति क्षेत्र कता गयाे कता
आन्दोलन मात्रै देख्छु मैले यताउता ।

सधैँभरि गुरूहरू आन्दाेलित भए
पाठशाला दिन दिनै बन्द हुँदै गए ।

शिक्षककाे हित गर्ने शिक्षा ऐन छैन
शिक्षकले भन्छन् यस्तो ऐन मान्ने हैन ।

शिक्षकले भनेका छन् गरी खान देऊ
सबैलाई मान्य हुने शिक्षा ऐन ल्याऊ ।

शिक्षकले अधिकार खाेज्दै गर्दा यता
विद्यार्थीका अधिकार भन गए कता ?

बार्ता बसी समस्याको समाधान गर
हठ छाडी देश हित गर्न अघि सर ।

शिक्षा ध्वस्त भयाे भने कस्काे हाेला हित
देश माथि उठाउने गाऊ बरू गीत ।

शिक्षकले गर्व गर्ने ठाउँ खाेजी गराैँ
नेपालकाे समृद्धिका लागि अघि सराैँ ।

शिक्षा ,स्वास्थ्य ,राेजगारी यतै खाेजी गराैँ
नेपाली हाे नेपालम‌ै अब भर पराैँ ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

18 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

18 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

19 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago