Categories: बाल कथा

“खुसी”

विष्णु भण्डारी आचार्य
बेलबारी मोरङ

पवित्रालाई गरिवीले कहिल्यै साथ छोडेन।मिठो खान ,एक आङ सामान्य लुगा फेर्न चाड पर्खनुपर्थ्याे,त्यो पनि मुश्किलले ।
अरुको मेलापात नगरी गुजारा चले पो । तर पनि उसको अनुहारमा हरपल खुसीका गुलाफ फुलिरहेकाे देखिन्थ्याे ।
गाउँटोलमा तिजको उत्सव हुन्थ्यो,टोलछिमेकका दिदी बहिनीहरु फेसनेवल गहना र सारीचोलोमा सजिसजाउ भएर रमाइलो गर्थे ।

ऊ बिना गहना सामान्य पहिरनमा सार मिलाउँथी ।
आफू हासका बथानमा बकुल्लाझैँ भएपनि केही फिक्रि लिन्नथिई ।
उसलेआफु कमजोर भएको एकरत्ति महशुस गरेकी थिइन ।
मेलापात जादा पनि साथीहरु अर्कोको कुरा काटेर अघाउदैनथिए ।
“मेरो छोरो यतिबेला त तोतेबाेलीमा गीत गाउन थालेकोछ ,छोरी अहिले चार पुगेर पाँच लागी,कुचो लिएर भित्रबाहिर सबैतिर कस्तो राम्रेा बढार्छे ।”
यस्तै कुरा गर्थी,अरु उडाउथे उसलाई ।
मेलामा साथीहरुले आआफ्ना जेठानीदेउरानीका कुरा काटिरहेका थिए ,कोही सासूका ,कोही छिमेकीका,
कसैका कुराको परवाह नगरि ऊ अघिदेखि हासिरहेकी थिई ।
सबै साथीहरुले उल्याए उसलाई ।
“पवित्रालाई हाइसञ्चो छ,कसैसँग गुनासो पनि छैन मतलव नि छैन ।”एउटीले प्याच्च भनीआली ।
“तर आज अरु दिनभन्दा पनि खुसी देखिएकी छौ त पबित्रा ।”अर्कीले थपी ।
“ हो म आज धेरै खुसी छु ।”
“किन ,आज चैँ छोराले के गरो ?”गलल्ल हासे सबै ।
सेता दाँत टल्काउदै खुसीले झुसी भएको बोली निकाली पबित्राले ,“हेर न आज हाम्री घरकी पाङ्ग्रीले उजस्तै पाँचओटा गुथुमुने छाउरा पाइछे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

19 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

19 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

20 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago