शम्भु ढकाल
सू न पा १२ आठघरे इलाम
“काग काग !”बिहान बिहानै घरकाे झ्यालमा बसेर भित्र तिर हेर्दै करायाे काग।
रमलाले सिरानीमा राखेकाे माेबाईल हेरिन । मिसकल त आएकाे थिएन।
छाेराे भित्ता पट्टि फर्केर निदाई रहेकाे थियाे । टाउकाे छाेपिदिईन ,सिरक मिलाईन र बिस्तारै उठिन ।
दुई पल्ट काग काग भनेर उडेकाे काग पर दुदिलाकाे रुखमा बसेर उनै तिर फर्केर हेर्दै फेरि करायाे ” काग काग। ”
घर बाहिर सयपत्री ढकमक्क फुलेका थिए। छाेराले माला उन्न थालेकाे थियाे । उनले घर लिपेर हिजाे नै सकेकी थिईन।
फेरि करायाे काग।
“शुभ खबर ल्याउ है काग दाजै ” एक थुङ्गाे सयपत्री टिपेर परैबाट पूजा गरिन।
रेडियाे खाेलिन काग तिहारकाे महत्व सुनाउँदै थियाे । गाेठ छिरीन गाईले तनक्क तन्केर ल्याप ल्यापी चाट्याे ।” गाेबर पनि राम्ररी साेहाेर्न दिदैन के साराे प्याउलिएकाे ?” साेतर मिलाउदै भनिन।
बाछाे छाेडिन गाई दुहिन । आज हिजाेकाे भन्दा अलि धेरै दूध दियाे गाईले।
छाेराे उठी सकेछ । बटुकामा पानी र गिलासमा चिया हालिदिईन । मुख धाेएर आएर खाउ अह्राईन । कुडे बसाईन् दूध तताउन।
छाेराे धाराेतिर गयाे।
“मामु मामु यता हेर्नू त !”जाेडले करायाे छाेराे।
रमला बाहिर निस्केर हेरिन । बाबुकाे काँधमा बसेर कराउदै थियाे रमलाकाे छाेराे।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…