सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“मलाई त आज धेरै रिस उठेको छ।” -सीतलले घरमा आफ्नो बेग राख्दै भनी।” किन ? कसैले केही भन्यो र ?”- आमा सुमित्राले आश्चार्य हुँदै सोधिन्। “हाम्रो मेडमले होलीको छुट्टीमा पनि कतिका होमव़र्क दिएर पठाउँनुभयो।”- सीतलले आमालाई डाइरी देखाउँदै भनिन्। “छोरी ! मैडमले त तिम्रै फाइदाको लागि दिएकीछन् होमव़र्क। नजिकै इक्जाम छ। यदि तिमीले पढिनौ भने कसरी पास हुन्छौँ। खेल कुद गर्ने दिन त प्रसस्तै छन् नि।”-सुमित्राले सम्झाउँन खोजिन। “यति धेरै होमव़र्क गरेर होली खेल्ने त कुरै आउँदैन। साथीहरू होलीमा पिक्निकमा जाउँला भनेर साथीहरू सँग सल्लाहा भएको थियो।” सीतलले गर्धन् बटार्दै भनी। “छोरी पिक्निक जाने त स्कुलको छुट्टी पछि सल्लाहा मिलाउँनु पर्छ। अहिले त पढाईमा ध्यान दिनुपर्छ।”- आमाले भनिन्। “छुट्टीमा पनि त होमव़र्क दिंन्छन नि। ” सरले भन्नु हुन्थ्यो धेरै पढेर पनि केही फाइदा छैन। देशभित्र काम पाइदैन जाने देश छाडेरनै हो। म पनि बाह्र पास गरेपछि त कुनै मूलुक रोजनै पर्ने छ।”- सीतलले निरास हुँदै भनी। “छोरी तिमीलाई यस्ता कुरा कसले सिकाउँछ ? म तिर हेर त के मैले आफ्नै देशमा काम पाएकी छैन?”- सुमित्राले एक बाल्टी दुध कुँडेमा खनाउँदै सोधिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

20 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

20 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago