Categories: बाल कथा

“कालुको छाता”

कोषवल्लभ रेग्मी
देउमाई नगरपालिका इलाम।

आकाश धुम्मिएर पानी पर्ला जस्तो थियो। आज बजारको दिन । कालूले बजार जानै पर्ने। बजार जाँदा आज उसले छाता लानै बिर्सेछ।
बजार पुगेपछि घनघोर पानी पर्यो। कालू भिजेर मुस्सो भयो। बेलुका कालू बजारको रन्को सँगै लड्दै /भिज्दै घर आईपुग्यो। ऊ एकछिन पिडीमा बसेर घोत्लियो। अनि के के सोच्यो कुन्नि भित्र पसेर घरको सिँगौरामा झुन्डिएको छाता फुत्त झिकेर बाहिर ल्यायो। उसले यौटा बन्चरो समाते पश्चात् छातालाई जाँतामाथि राखेर त्यो बन्चरोको पासापट्टिबाट किच्याउँदै भन्यो -“म दिनभरी भिजिरहने तँ यहाँ झुन्डिएर बसिरहने ? लौ जा——!!!!”-…….!!!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

4 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

4 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago