Categories: कविता

“विद्यार्थीहरूलाई संदेश”

प्रेमदत्त कलौनी

विद्यार्थी वयमा भयंकर खटी जो साधना गर्दछन्।
त्यस्ता व्यक्ति सदैव जन्मभरमा आनन्दमा पर्दछन्।।
मौका यो छ सुवर्ण शिष्य जन हो सामिप्यमा छन् गुरु।
राम्रो अङ्क लिएर पास गर लौ हो जिन्दगीको शुरु।।१

भाग्ने कायर ठान्छु भन्छु मनले भागेर के हुन्छ र?
हो सङ्घर्ष बुझेर जीवन उसै आफैँ कहाँ बन्छ र ।।
आफैँ मालिक बन्दछौ यदि भने सङ्घर्ष गर्ने गर।
बन्छौ नोकर बुद्धिभ्रष्ट मतिले भागे डराए पर।।२

शिक्षाको महिमा अपार जगमा शिक्षा छ दैनिन्दिन।
खाए हण्डर प्राप्त हुन्छ गतिलो शिक्षा उसै तत्क्षण।।
तन्नेरी वयको विचार नगरी फुर्किन्छ जो जोडले।
आफ्नो जीवनको अमूल्य गहना खुस्किन्छ है तोडले।।३

ठूलो भाग्य भएर मानव जुनी मिल्ने हुनाले गरी।
भुल्छौ व्यर्थ कसो गरी भन तिमी हे पुष्पका केशरी।।
यो बेला मनमा विचार जति छन् साँचेर राख्ने गर।
लाऊ पुस्तकमा दिमाग गहिरो आनन्द मानी पढ।।४

विद्यार्थी हुनमा छ गर्व गुनिलो बेला छँदै ध्यान होस् ।
ठूलो एक समुद्रझैँ छ गरिमा विद्या यहाँ ज्ञान होस्।।
आफैँ सिक्न हुनेछ कष्टकर त्यो विद्या छ जो साधन।
होला दु: ख सदैव चिन्तन विना भन्दैछ मेरो मन।।५

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

9 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

10 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago