हरि कोर्काली
किसान हामी सबैका ओठमा
मुस्कान खुलाउँछाैँ,
भाेककाे ज्वाला निभाउने अन्न
हामी नै फलाउँछाैँ।
खेत र बारी , पाखा र पर्वत
पसिना बगाउँछाैँ,
राष्ट्रलाई पाल्ने अन्नकाे भण्डार
गाउँघरलाई बनाउँछाैँ।
जाेतेर हलाे, खनी र खाेस्री
बाली है लगाउँछाैँ,
अनिकाल जस्ताे मानिसकाे शत्रु
सात डाँडा कटाउँछाैँ।
झिसमिसमै हाम्राे दिन हुन्छ शुरू
साँझमा टुङ्गिन्छ,
टुसुक्क पनि भ्याइन्न बस्न
बसेर काँ हुन्छ ?
त्यस अगिपछि ढिकी र जाँताे
नगरी धर छैन,
किसानकाेभन्दा देशलाई बढी
अरूकाे भर छैन।
किसान हामी ……
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…