Categories: कविता

“कुक म्यान बन्ने सपना”

रमिला दुरा
कक्षा : ९
ईशानेश्वर माध्यमिक विद्यालय
मध्यनेपाल नगरपालिका-६ भोर्लेटार, लमजुङ

नजिक नजिक आऊ साथी
सुन्न मेरो काण्ड
काण्ड मेरो सुरु भयो
कुक म्यान बन्छु भन्दा
अन्डा फोर्न नजानेर
बडो आपत् पर्यो
अबुइ अबुइ भन्दै थिएँ
अन्डा भुइँमै झर्यो
टेबुलमा पछ्यौरी थ्यो
मैले त्यसले पुछेँ
आमाले गाली गर्नुहुन्छ
भन्ने कुरा बुझेँ
पछ्यौरीलाई नियाली हेर्दा
देखेँ मैले टाटो
नराम्रो भो धुँदा पनि
राम्रो देख्नु साटो
अन्डा त गयो गयो
पछ्यौरी नि गयो
कुक म्यान बन्ने सपना
मेरो सपना नै रह्यो।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सहयोग

तारा एस. राई जुम, सोरेङ जिल्ला सिक्किम “तिमी किताबको कीरो हो ?” किताबहरू ताकमा राख्दै…

31 seconds ago

मध्य वर्षा ऋतुको अवस्था

शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…

20 minutes ago

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 day ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 day ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

1 day ago