Categories: कविता

“गुरु”

छायादत्त न्यौपाने

मिठा फल शीतल छाया
रुख मेरा गुरु
खाेला झर्ना ढुङ्गा माटाे
उत्पादन गुरु

शिक्षा दीक्षा व्यवहारमा
झुल्किदिने गुरु
गुरुजनकै देन हुँ म
हिँड्छु खुरुखुरु

कर्म गर्नु प्राणी हित
रम्नु सबैसित
सँगसँगै खेल्नु कुद्नु
बन्नु सधैं मित

ज्ञानगुन सिप जाँगर
सिकाउने गुरु
उज्यालोमा खेलाउने
जीवन सार गुरु

कमिला र मौरीहरू
पशुपन्छी गुरु
अनुशासन बताउने
विधि सबै गुरु

अँध्यारोलाई चिरिदिने
सिर्जना हुन् गुरु
चेतनाकाे दैलाे खाेल्ने
कर्मयाेग गुरु

गुरुशिष्य परम्परा
आस्था बिउँझाउँछ
नजिक्याउँछ सिकाइले
जीवन उजिल्याउँछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फूलको आगमन

सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…

56 minutes ago

सहयोग

तारा एस. राई जुम, सोरेङ जिल्ला सिक्किम “तिमी किताबको कीरो हो ?” किताबहरू ताकमा राख्दै…

1 hour ago

मध्य वर्षा ऋतुको अवस्था

शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…

2 hours ago

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 day ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 day ago