Categories: कविता

“कुच्चो”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

सानो छँदा ठुली ठुली हुँदा सानी
उमेर बढ्दै जाँदा आकार घट्ने बानी

पाखुरा छ मोटो टाउको चुच्चो चुच्चो
बढारकुढार गर्ने लमतन्ने कुच्चो
बुढी हुने बेला फुच्ची भइछे नानी
ठुली थिई पहिले अहिले भई सानी

धुलो तान्छे आफै आफै धुलो खान्छे
कुनाकाप्चा खोज्दै भित्रभित्रै जान्छे
दुब्ली हुँदै गई छेस्का तानी तानी
उमेर बढेपिच्छे हुँदै गई सानी

ढोग्न पनि हुन्न गोद् न पनि हुन्न
भन्दिनु न आमा सोध्न पनि हुन्न ?
कसले सोध्छ नत्र त्यसै जानी जानी
अस्ति थिई ठुली आज किन सानी

अम्रिसाको हो कि सिमलीको चाहिन्छ
पराल र पातीको झाडु कुच्चो पाइन्छ
जस्तो चाहिन्छ त्यस्तै लिऊ छानी छानी
हप्ता दिन नकट्दै भई सानी सानी

मिसिन आयो अहिले यो कुच्चाको साटो
मिसिनले नै सफा पारोस् आँगनी र बाटो
धुलो मार्छु पहिले छम्किएर पानी
कुच्चो लिई बढार्छु भन्छे बहिनी सानी।

श्रोतः नेपाली बाल साहित्य

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

2 days ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

2 days ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

3 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

3 days ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

4 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

4 days ago