Categories: बाल कथा

भाड़ाकुटी

तीर्थ गुरागाईँ
रालिङ्ग कोकले, गान्तोक सिक्किम

हिउँदको दिन। एकहुल केटाकेटी बाँझो बारीको भित्तानेर भाड़ाकुटी खेल्दै थिए। कसैले पसल थापेका र कोई ग्राहक बनेर रूखका पातका पैसा बोकि ती ढुङ्गा,माटो र काठका टुक्राले बनेका सामाग्री किन्ने खेल खेल्दै थिए। त कोई रूखका पातको थाल बनाएर माटोको खाना खाईरहेको अभिनय गर्दै थिए, भने कोई ढुङ्गा र काठका टुक्राले निर्मित मोटर, गाड़ी, जहाज बनाएर खेल्दै थिए।


त्यो रमाईलो दृष्यले परबाट निहालीरहेका गजेन्द्र काकाको आँखा कत्तिबेला रसायो उनलाई पत्तो भएन,उनी नजिक आएर जिज्ञासु भावमा सोधे “नानी हो, तिमीहरुलाई थाहा छ ? यो के खेला हो?”
‘थाहा छ काका- भाड़ाकुटी’ नानीहरूको उत्तर थियो।
‘त्यो त हो। तर कसैले राम्रो परिभाषित गर्न सक्छौ ?’गजेन्द्रले भने !
ती मध्ये अलि बाठो विवेकको उत्तरले गजेन्द्रकाकाको चित्त मात्र बुझेन उनलाई मान्छेको बौद्धिक स्तरताको मापन उमेरले गर्दैन भन्ने कुराको ज्ञान साथै उनलाई विवेकको भनाईमा जीवनको यथार्थबोध भयो ! बिवेकको भनाई थियो-“जुन खेल संसारका सम्पूर्ण मानिसहरुले दैनिक खेलिरहेका छन् ,त्यस्को संक्षिप्त अभिनय हो काका यो हाम्रो भाड़ाकुटी।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

16 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

16 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

17 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago