Categories: बाल कथा

कुनियत


तुलसी पण्डित

आमा अहिलेको यो तिहारमा जसरी पनि रोटी पकाउनु है।
एक बिहानै छोराको मुखबाट अप्रत्यासित आएको शव्दले उनी मर्माहत भइन् । उनले सोचिन्।
“कति भो मैले छोरालाई दसैँमा एक चौटो मासु ल्याएर खुवाउन सकेकी छैन । उसले कति रहर गरेथ्यो मासु खान । ऊ बारम्बार उही कुरा दोर्याउँथ्यो । आमा मासु खाम्न ?”
आमा नबोलेको देखेर छोरो झन् करायो।
“अहिले पनि दसैँको जस्तो भयो भने म घर बस्दिन।” आमा आत्तिइन्।
“छोरा बाबाले पनि छोडेर जानु भयो । तिमीले पनि छोडेर गए म कसको सहारामा बसुँला । तिमी नै भन त काम पाउनै गाह्रो छ । अलिअलि पाएको कामले हातमुख जोर्न पनि कठिन छ ।”
“आमा कुनै उपाय निकाल्नु न रोटी खान । सधैँ छिमेकीको घरमा पकाएको रोटीको बासना मात्र कति सुँघेर बस्ने।”
“बाबु के मलाई रहर छैन र आफ्नो सन्तानलाई रोटी खुवाउन । उपाय केही न भएपछि म के गरुँ ?”
यस्ताले पनि सन्तान जन्माउने भन्दै रिसले चूर हुँदै छोरो घरबाट हिड्यो । अल्लि पल्तिर होहल्ला भएको सुनेर छोरो त्यतै गयो।
ठूलै नेताको घर आगलागि भएको रहेछ। सामान छरपष्ट थिए। उसले यसो भुइमा नियालेर हेर्यो । पैसा देख्यो र झट्पट कपडा भित्र घुसार्यो । ऊ कसैले न देख्ने गरि त्यहाँबाट घर हिड्यो। घरमा पुगेर उसले आमालाई भन्यो।
“आमा अहिलेको तिहार राम्रैसँग मान्न पाइने भइयो।”
“कसरी बाबु ?” “ल हेर्नू मैले कति धेरै पैसा ल्याएँ।”
हजार हजारका नौ दश वटा विटा देखेर आमा जिल्ल पर्दै सोध्नु भयो।
“बाबु यो पैसा कसरी आयो ?” छोराले सबै कारण बताइ दियो।
आमाले आत्तिदै भन्नु भयो। “बाबु यो कुनियतले कमाएको पैसा जहाँबाट ल्याएको हो उही पुर्याएर आउ , हामीहरू उनीहरू जस्तो हुनुहुँदैन ।”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

23 hours ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

23 hours ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago

“भाषा महिमा…!!”

सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…

3 days ago

“ग्यास अभाव”

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…

4 days ago