Categories: बाल कथा

कुप्रथा


राज कुमार कार्की
कटारी-१,उदयपुर

“बाबू एकलब्य कता छौ ?” भन्दै एकाएक एकलब्यको महलमा द्रोण प्रवेश गर्छन्।
धेरै दिनदेखि सडकमा भौतारिएका उनी आफ्नो आज्ञाकारी चेलोबाट उचित मान सम्मान र मीठो आत्मीयताको आशले छिरेका हुन्छन्।
तर उनी मूल ढोकामै पालेको खप्की खाएर झस्किन्छन्।
बल्लतल्ल प्रवेश अनुमति पाएका उनी उही गुरुभक्त पुरानो एकलब्यको स्मरण गर्दै अलिसान महलमा डराइ डराइ अघि बढिरहेका हुन्छन्।
बैठक कोठामा सुस्तरी छिरेका उनी हठात कर्कश अट्टाहासले आफ्नो स्वागत गरेकोमा झस्किन्छन्।
सुरा सुन्दरीमा लिप्त एकलब्य सम्हालिँदै ठिटीहरूलाई बाहिर जाने सङ्केत गर्छ।
यो देखेर द्रोण बिचलित भावमा उभिरहे।
एकलब्यले बस्ने इसारा गर्यो। बस्दै आफू गलत ठाउँमा आएकोमा पश्चताप पनि गरे।
“अनि कति कामले आयौ त बुढा?” कुनै स्वस्ती शिष्टाचार बिना आएको रुखो बचनले उनको आत्मसम्मानमा चोट लाग्यो।
तैपनि मलिन स्वरमा द्रोण बोले,”बाबू ! अर्जुनहरूले गुरुभक्तिलाई तिलाञ्जली दिए । मेरो सम्मान भएन बाबु!…….।”
“अनि के मैले अर्को बुढी औलो दिनु पर्यो।”,एकलब्य कड्क्यो।
होइन बाबू ! गुरुको सम्मान होस् । जहाँ गुरुको सम्मान हुन्न त्यहाँ अनिष्ट हुन्छ भन्न खोजेको मात्र हो।” “तिमी कम्तिका छौ अर्जुनको बहकाउमा आएर मेरो बुढी औलो लियौ। अब के लिन आयौ फेरि ?”
तिरस्कारयुक्त नजरले द्रोणलाई हेर्दै बोल्यो।
अब त द्रोणलाई सही नसक्नु भयो उनले रिसाउँदै भने , “मूर्ख ! त्यतिबेला मैले तेरो बुढी औलो होइन चोरी औलो लिनु पर्थ्य्यो।”
“किन नि ?”, उत्सुक हुँदै एकलब्यले सोध्यो।
द्रोण, “आफ्नो कमजोरी नदेख्ने गुरुकोमात्र कमजोरी औल्याउँने कुप्रथाको त अन्त्य हुन्थ्यो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

19 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

19 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

20 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago