रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
जैले पनि पछ्याई हिँड्छ
बिहान, दिउँसो, राति
हजुरबाकै साथी जस्तो
हजुरबाको नाति
बानीबेहोर त्यस्तै राम्रो
मान्छे उस्तै जाती
हजुरबाकै बिँडो थाम्ने
हजुरबाको नाति
कुरा पनि किसिमका
गर्छ भलिभाँती
हजुरबाकै सिको गर्ने
हजुरबाको नाति
धेरै पढी हजुरले झैँ
पुग्छु अझै माथि
हजुरबा झैँ हुन्छु भन्छ
हजुरबाको नाति।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…