भूमिका गैरे तिमिल्सिना
गैंडाकोट४,नवलपुर
“सबैले आ-आफ्नो कामको जिम्मा लिनुहोस् है ।” मन्दिर अध्यक्षले हतारो देखाए।
आज श्री कृष्ण जन्माष्टमीको दिन सखारै राधाकृष्ण मन्दिरमा कार्यसमिति जम्मा भई पूजा व्यवस्थापनमा लागे।फूल, प्रसादमा मिरा खटिई । दर्शनार्थीको व्यवस्थापनमा गोकर्ण खटिएको थियो । राधाकृष्ण स-साना बालबालिकालाई बनाई पौराणिक कथाको मान्यता अनुसार तयार पारिएको थियो।
सत्सङ्ग चलिरहेको थियो, गुरूले श्रीकृष्णका बारेमा भन्नुभयो, “वसुदेवका आठौँ सन्तान, भगवान विष्णुको आठौँ अवतारको रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ। द्वापर युगमा मथुरामा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्मिएका कृष्ण ज्ञान, कर्म र भक्तिका प्रतीक मानिन्छन्।”
बीचबाटै एकजनाले प्रश्न गर्यो, ” के गरे त कृष्ण भगवानले ।”
ल सुन, ” कृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता राक्षसको संहार, अन्याय, अत्याचार र राक्षसी प्रवृतिको नाश गरी मानव कल्याण गरेका थिए। कृष्णले कौरव र पाण्डवका बीच कुरूक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रही पाण्डवको पक्षमा अर्जुनको सारथी बनी हौसला प्रदान गरेका थिए ।” गुरूले सरल भाषामा बुझाउनु भयो।
फेरी अर्कोले जिज्ञासा राख्यो, ” कृष्णलाई किन नन्दलाल भनिएको हो, गुरु ?”
गुरूले मन्द मुस्कान दिँदै, “वसुदेवको आठौँ सन्तानबाट मृत्यु हुने भन्ने भविष्यवाणीबाट डराएका कंसले मार्न अनेक प्रयास गरेका थिए तर वसुदेवले जन्मिएकै समयमा गोकुलवासी नन्दको घरमा लगी कृष्णलाई छाडेका थिए । नन्दको संरक्षणमा हुर्किएकाले उनलाई नन्दलाल भनिएको हो ।” गुरूले अर्थ्याउनु भयो पहिलोले उत्सुकता देखाउँदै भन्यो, “किन गरिन्छ श्रीकृष्णको पूजा ?”
धन्यवाद, दिँदै हर्षित स्वरमा, ” धर्मग्रन्थ अनुसार व्यक्तिको चन्द्रमा कमजोर भएमा अधिक लाभ मिल्ने, प्रेम र दाम्पत्य सुख, सन्तान प्राप्ति, लामो आयुका साथै समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।” भनी गुरूले प्रेमपूर्वक बुझाउनु भयो । मन्दिर सरसफाइ, शौचालय सफाइ गरी थकित भई माला सत्सङ्ग सुन्न आएकी थिई । त्यतिकैमा दोस्रोले उसको काममा व्याख्या गरिदियो।
गुरूले मालाको भावमुहार पढ्दै, ” भगवानले नदेखेको ठाउँ कहाँ छ र ? अरूले तुच्छ सम्झिएर छोडेको ठाउँ झन् छिटो देख्नुहुन्छ, भगवान।” भन्दै उनको मुहारमा ऊर्जा थपिदिनु भयो, गुरु।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…