अम्बिका धिताल
कमलविनायक भक्तपुर
घाम नलागे पनि वातावरण निकै रमाइलो थियो। कृष्ण आफ्ना गोपिनीहरूको घर-घर पुगेर मखन चोर्ने आफ्नो बालसुलभ लीलामा मस्त थिए।
एकदिन यशोदाले रिसाएर भनिन्, “कृष्ण! किन यति धेरै मखन चोरी गर्छौ हँ ? तिमीलाई चाहिएजति सबै घरमा त मनग्य छ नि!”
कृष्णले मुस्काउँदै जवाफ दिए, “आमा, म त मखन चोर्न गएको होइन नि।”
यशोदा अलमलमा परिन्।
“के चोर्न त ?” उनले अचम्म मानेर सोधिन्।
कृष्ण फेरि मुस्काए र भने, “आमा ! जब म मखन खान जान्छु, गोपिनीहरूले रिसाएको अभिनय गर्छन् त्यो मलाई धेरै मन पर्छ त्यसैले गएको।”
यशोदाले फेरि भनिन्, “ त्यसोभए रिस हेर्न गएको?”
कृष्णले जवाफ दिए, “रिसमा धेरै माया दिन्छन् । उनीहरुको त्यो रिस माया हो। म त त्यही माया खान जान्छु।”
यशोदा रोमान्चित भइन्। उनले कृष्णलाई काखमा राख्दै भनिन्, “ ओहो! साँच्चै यो बालक कृष्णसँग मखनको मूल्य अथाह रहेछ ।”
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…