Categories: बाल कथा

को ठुलो


रम्भा पौडेल
चन्द्रागिरि ७ काठमाण्डौ

“सबै भन्दा ठूलो त नेता हो ।”
“ इस ।”
“मेरो गुरु ठूलो हो । ”
रमिता र जीवनको भनाभन चलिरह्यो ।
“हैन के को झगडा हो यिनीहरुको ? लौन लडेर मर्न लागिसके । किन चुप लागेर बस्नुभाको हो ?”
आमाले बाबातिर संकेत गर्दै भन्नुभयो।
“हुन देउ न, कत्तिको तार्किक रहेछन् । यिनीहरुको बुद्धि, स्कुलले के सिकाएछ सुनौ न यिनका कुरा एकछिन ।” बाबाको कुराले आमा पनि चुप लागेर बस्नुभो।
रमिता र जीवनको विवाद सकिएन । उनीहरुले भने, “लौ हिड न त आमा सँग जाउँ । हाम्रो आमा पनि त स्कुलको गुरुमा हो नि । उहाँ सँगै कुरा सोधौँ । को ठूलो हो ?“ उनीहरु दौडदै आमासँग आइपुगे ।
रमिताले भनिन् , “आमा ! आमा ! जीवनले त सवैभन्दा ठूलो नेता हो भन्छ । हाम्रो स्कुलको गुरुभन्दा नेता ठूलो हो र ? नेतालाई पनि पढाउने गुरु होइन र ? गुरुले पढाएर भएको नेता कसरी गुरुभन्दा ठूलो भयो ?”
आमाले शान्त स्वरमा जवाफ दिनु भयो, “तिमीहरुले प्रश्न तार्किक उठाएका छौ । हो नेता आफनो देशभित्र शक्तिशाली हुन्छन् । राज्यका सबै संयन्त्र उनले हातमा पारेका हुन्छन् । देशका सबेै जनता उनीहरुकै पछि लाग्छन्। नेता शक्तिले ठूला हुन्छन् । त्यस अर्थमा उनीहरु ठूला हुन्। बुद्धि, तर्क , विवेक र ज्ञानले भरिपूर्ण भएका गुरुले जनताको मन अझै जितेका हुन्छन् । फरक यत्ति छ कि नेताले शासन शक्तिले गर्छन् भने गुरुले शासन बुद्धिमता र प्रेम र विवेकले गर्छन । त्यसैले उनीहरुको स्थान संसारभरि हुन्छ । राजा त आफनो देशमा मात्र पुजिन्छ अझ नेता ?”
हाम्रो शास्त्रमा लेखिएको छ “स्वदेशे पुज्यते राजा, विद्वानसर्वत्र पुज्यते । राजा आफनो देशमा मात्र पुजिन्छ । विद्वान् संसारभरि पुजिन्छ । गुरु भनेका विद्वान् हुन ।” गुरु बन्नका लागि विद्वता हुनै पर्दछ।
अब तिमीहरु नै भन राजा , नेता र गुरुमा को ठुलो हो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago