गणेश आत्रेय
मदनपोखरा,पाल्पा
सबतिर छायो हेर न गर्मी।
पवन छ तातो सूर्य विसर्मी॥
जमिन र पानी तात्छ नमानी।
भवभर चम्क्यो ज्येष्ठ निसानी॥
तन पसिनाले भिज्दछ मन्द।
वसन भिजी ती छर्दछ गन्ध॥
गनिमत भाग्यो छैन मिजास।
मनमन भन्छन् ज्येष्ठ पिचास॥
श्रमिक रुवाई आतप छर्छ।
कृषक सताई खूब निचर्छ॥
अलिकति मीठो आस रहेन।
जनमन बुझ्ने ज्येष्ठ भएन॥
तरु पनि छैनन् आतप छेक्ने।
जल र हवाले प्यास नमेट्ने॥
दिनभर गर्दै छन् श्रम ज्यामी।
कहर दिने यो ज्येष्ठ हरामी॥
हपहप गर्मी छर्दछ धूलो।
सरस रहेनन् बादल-मुस्लो॥
खग पशु सारा पीडित लाग्छन्।
वन बिरुवाले जेष्ठ सराप्छन्॥
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…