शान्ति सापकोटा
थरिथरि फूल फुले, आँखा वरिपरि
चिर्बिर चिर्बिर कराउने, वैशाखका चरी ।
बालविकास जाने दिन, कहिले आउला
हेर भाइ क्यालेन्डर, सँगै जाऔँला ।
रातो अङ्क रातै वार, राङ्गिएछ चार
लुगा धुन, नुहाउन, हो कि शनिवार ।
हेर हेर अझै हेर, रमाइलो दिन
लै लै मेरो जन्मदिन असारको तीन।
कहिले होला दसैं तिहार, खै खै हेरौं भाइ
मामा घर पर – पर घुम्न जानलाई ।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…