Categories: घुमफिर

सालिनदी भ्रमण

रितुराज जैसवाल
कक्षा :८
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ ,काठमाडौँ

एक प्रकारले म आफूलाई बाल विकास बोर्डिङ हाई स्कुलको विद्यार्थी भएकोमा निकै गौरव गर्छु किन कि मेरो विद्यालयले हाम्रो अध्ययनलाई संस्कार र संस्कृतिसँग पनि जोड्ने गरेको छ । त्यही सन्दर्भमा विद्यालयको वार्षिक क्यालेन्डरमा सूचित भएबमोजिम मिति :२०८०-१०-१४ गते आइतबार हामी साँखुको सालिनदी मेला अवलोकनको लागि गयौँ । प्रसिद्ध धार्मिक ,सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वले ओतप्रोत भएको साँखु घुम्न जान पाउँदा मन पुलकित भइरहेको थियो । हामी १० बजे विद्यालयबाट भ्रमणको लागि गाडी चढ्यौँ ।गाडी आफ्नै रफ्तारमा हुइँकियो । झ्यालबाट देखिने दृश्यलाई नियाल्दै हामी निकै रमायौँ । हामी करिब ११:१५ तिर साँखु पुग्यौँ । त्यहाँको सालीनदी भन्ने ठाउँमा एक महिनाको लागि मेला लागेको रहेछ ।  हामीसँग मार्गदर्शनका लागि विद्यालयका प्राचार्य श्री महेश कुमार श्रेष्ठ , कक्षा शिक्षिका पशपती म्याम र गंगा गुरुआमा हुनुहुन्थ्यो । उहाँहरुकै निर्देशनअनुसार हामी अगाडि बढ्यौँ । हामीले त्यहाँ माधवनारायणको दर्शन गर्यौँ । त्यहाँ सिँढीमै बसेर पनि मानिसहरूले श्री स्वस्थानी माताको कथा पढ्ने तथा भन्ने गर्दा रहेछन् ।  त्यहाँ अत्यन्तै सङ्लो पानी भएको कुण्ड पनि रहेछ । जहाँ नुहाउँदा पुण्य प्राप्त हुने जनविश्वास रहेछ । मलाई पनि उक्त कुण्डमा नुहाऊँ नुहाऊँ लाग्यो तर फेर्ने लुगा नलगेकोले मुख मात्रै धोएँ । अलि अगाडि बढ्दै गर्दा हामीले एकजना पण्डितको हातबाट टीका ग्रहण गर्यौं । अंग्रेजी वर्णमालाको यु आकारको पहेँलो टीका र माथि रातो टीका त्यसमाथि पनि सेतो वा पहेँलो झल्कने टीका मलाई खुब राम्रो लाग्यो । हामीले सालीनदी खोलाको किनारमा रहेको भगवान शिवको चौसट्ठी वटा लिङ्ग पनि परिक्रमा गर्यौँ । त्यसपछि हामी गोमा ब्राहमणीको झुपडी , चन्द्रावतीको प्रतिमा र डोलेहरु परमधाम भएको ठाउँ पुग्यौँ । त्यहाँ पुग्दा स्वर्ग नै पुगेको अनुभूति भयो ।  एक महिने मेला लागेकाले होला ,त्यहाँ विभिन्न सामग्री पनि सस्तो मूल्यमा बेचिरहेको थियो । जे होस् विद्यालयबाट गराइएका यस्ता भ्रमणबाट विद्यार्थीहरु साह्रै नै लाभान्वित हुने रहेछन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

6 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

7 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago