सृजना घिमिरे ढकाल
साथीहरूसँग खेल्न नगईकन किन एक्लै बसेको ?
निन्याउरो अनुहार लगाएर कक्षाकोठामा एक्लै बसेको सुनिललाई शिक्षिकाले सोधिन्।
उसले शिक्षिकाको कुरालाई वेवास्ता गर्दै घोप्टिरह्यो।
शिक्षिकाले फेरि सोधिन् — “म तिम्रो साथी जस्तै हो, मलाई भन न, म अरू कसैलाई भन्दिनँ नी।”
शिक्षिका तिर हेर्दै सुनिलले भन्यो —”मेरो साथी अटलले परीक्षामा A+ ल्याउँछ, मैले ल्याउन सक्दिनँ भनेर ममीले सधैँ गाली गर्नुहुन्छ।”
“मिहिनेत गर्यौ भने तिमीले पनि अटल जस्तै A+ ल्याउन सक्छौ नि,” शिक्षिकाले भनिन्।
शिक्षिकाको कुरा सुनेर उसले भन्यो —”मिस, मलाई जतिसुकै पढे पनि आउँदैन।”
“त्यसो भए तिमीलाई के गर्न आउँछ त ?”
उसले निर्धक्क भएर जवाफ दियो —”मलाई चित्र बनाउन आउँछ, कक्षामा पढेका सबै कुरा म चित्र बनाएर देखाउन सक्छु।”
“होर! ल त, त्यसो भए आजदेखि पढेका कुराहरूको अभ्यास चित्र बनाएर गर है त !”
अँध्यारो अनुहार पार्दै उसले भन्यो —”ममीले चित्र बनाउँदा ‘पढ्’ भनेर गाली गर्नुहुन्छ।”
“म तिम्रो ममीसँग कुरा गर्छु । तर आज घर गएर ममीलाई एउटा कुरा सोध है।”
उसले भन्यो —”मिस, कस्तो कुरा ?”
शिक्षिकाले भनिन् —”माछा र बाँदरबीच रूख चढ्ने र पौडी खेल्ने प्रतियोगितामा कसले केमा A+ ल्याउँछ ?”
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/lv/register?ref=SMUBFN5I
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.bh/id/futures/ref?code=UM6SMJM3