ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
कोपिला फक्रेपछि
फूल हुन्छ नानी!
अल्छी गर्ने मान्छेको
बिग्रन्छ है बानी
हेर–हेर साथी
सबै उठे बिहानीमा
तिम्रो भने टाउको
अझैँ किन सिरानीमा
भोलिलाई हेर्नुपर्छ
आजलाई होइन
उठ–उठ प्यारी बहिनी
पढ्या केही छैन
खेल्नु पनि पर्छ नानी!
सुत्नु पनि पर्छ
धेरै पढ्ने लेख्ने मान्छे
सधैँ अगि बढ्छ।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…