Categories: कविता

“क ख ग”


रमेशचन्द्र घिमिरे

यौटा कुरा भन्छु आमा सुन्दिनु न ल
ठुलो भई लेख्छु है त मैले क ख ग

किताब हेर्छु कापी छुन्छु कलम समाउँछु
लेख्न पढ्न जान्दिनँ म यसै रमाउँछु
भोलिदेखि किताबमा चित्र हेर्छु म
ठुलो भई पढ्छु है त मैले क ख ग

बिस्तार बिस्तार कापी खोल्छु गोलो घेरा केर्छु
लौरो जस्तै धर्को तान्छु लेख्ने स्वाद फेर्छु
अक्षर चिन्छु लेख्न थाल्छु अनारको अ
ठुलो भई लेख्छु पढ्छु मैले क ख ग।

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

6 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

7 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

7 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

7 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago