Categories: बाल कथा

सुन्दर छ मेराे देश


दुर्गा पौडेल
तिनपा ३ शंकरनगर

आहा ! क्या सुन्दर छ मेराे देश। उच्च हिमाली श्रृंखला, अग्ला र हाेंचा पहाड सम्मा तराईका फाँट र उपत्यकाहरु
यिनकै छाती चिर्दै सललल बग्ने नदी र खाेला अग्ला झरना र छहराहरु अनि ठूला साना ताल तलैया बुकी ,सुनाखरी र गुराँस फुल्ने पाखा पखेराहरु देख्ने जाे काेही लाेभिन्छन् मेराे देशकाे साैन्दर्यप्रति।
तर के गर्नु देश सुन्दर भएरमात्र हुने रहेनछ, अर्काे पाटाे कर्मकाे हाे त्याे पनि कृषिकर्मकाे। मानिसमा इमान हरायाे,देश कमजाेर बन्याे शासक लालची बने ,आफ्नै पाेल्टाेभर्न तछाड मछाड गरे देश स्वयंमा गरिव थिएन, गरिव बनाईयाे
जनता इमान्दार थिए ,बेईमान बनाईयाे।
कामगर्ने बानी थियाे ,कामगर्ने बानी हरायाे, पैसाहुनेहरु खर्चगरेर विदेश हिंडे विदेशजान नसक्नेहरु, कामसाम छाडेर नेतागिरी गर्न थाले अनि हुने नहुने गफ चुटेर, नेताले दिएकाे खाने बानी पलायाे जनता अल्छी भएकाे पनि नेताहरुले गर्दानै हाे।
उनीहरुले आआफ्ना कार्यकर्तालाई कामगर्न सिकाएनन बरु आफ्ना कुरा लागुगर्न कार्यकर्तालाई पैसा दिएरै भएपनि ढुङ्गामूढा हान्न ,टायर बाल्न ,ताेडफाेडगर्न सिकाए।
यसरी पैसा पाएपछि किन गरुन काम उनले त्यही सिकाे गाउँठाउँका अरु युवाले गर्नथाले।
उनीहरु पनि गाउँठाउँका पसल चाैपारी ,चिया पसल र भट्टीपसलमा खानपान गर्ने हुलहुज्जत गर्ने र चेलीबेटीहरुमा आँखा लगाउने बानी पर्याे।
अलिकति पढेपछि खेतबारीका काम छुनै नहुने भए खान त उनलाई पनि त्यही खेतबारीमा उब्जिएको पर्छ
तर काम गर्नभने लाजलाग्छ। यस्ता पाराले कसरी हुन्छ देशकाे विकाश ?
देश विकाशकाे मेरुदण्ड नै कृषिकर्म हाे,कृषि नै जिउने आधार हाे ,कृषि नै उद्योगकाे आधार हाे।
अब भने अलिकति आशा पलाएकाेछ , सुनिन्छ अहिले सरकारले युवाहरुकालागि याेजना बनाउँदैछ । युवाहरुलाई देशमै काम लगाउन बन्द उद्योगहरु खाेल्ने तयारी गर्दैछ पहाड तराईका गाउँठाउँमा जहाँ जे खेतीहुन्छ त्यहीखेती लगाउ ,सरकार सहयाेगकालागि तयार छ भनेकाेछ ,पशुपालन गर सरकार सहयाेग गर्छ भनेकाे छ।
कसैले गरि पनि रहेका छन्। जहाँ जे फल्छ त्यही फलाउनुपर्छ । देश आयात गर्ने मात्र हाेईन निर्यात गर्ने हुनुपर्छ
तबमात्र देश सही ढंगले अगाडि बढ्छ।
देशकाे जय हाेस् जय जय जय नेपाल सुन्दर शान्त विशाल बन्न सकाेस् , यही कामना।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

5 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

5 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

5 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

6 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago