अन्जु शर्मा
रातोपुल
“पर्व पनि कति हुन् ?
हरेक महिना एकएक पर्व। आम्दानी भने सुको छैन ! चाडपर्व कै कारण धनी र गरिब बीचको खाडल आकाशिने भयो!” ठूली गनगन गर्दै अँगेनामा ढिँडो ओडाल्न थालीन्।
“के भो ठूली ? एक्लै किन गनगन गर्छेस् ?” पल्लाघरे बजैले भित्र पस्तै सोधिन्।
“बजै ! हिजोआज त मलाई चाडपर्व पनि नआउन झैं लाग्छ। छोटेका बाउ मरे देखि अक्षताको भात त देख्न पाएको छैन । यो छोटे “खीर खाने दिन” भन्छ। कस्काबारीबाट ल्याएर खीर खुवाउन ?” ठूलीले दु:खेसो गरी।
“ओहो ठूली! त्यहीँ खीरखाने खबर गर्न आएकी। वडाले दुखी गरिबलाई खीर खुवाउने भएको छ रे !” बजैले प्रष्ट पारिन्।
“धत् ! नालायक सरकार ! एकछाक खान दिएर आश्रति बनाउँदैमा ठूलो कर्तव्य ठान्छ । दिगोपनाका लागि त जनतालाई आत्मा निर्भर हुने काम पो गर्नुपर्छ। म एकछाकका लागि मीठो खान जान्न ! ठूलीले प्रतिकारको भाषा बोलिन्।
मेरा पनि आँखा खुले । धनीका घरमा खीर खान साउन पध्र पर्खिन पर्दैन। गरिबलाई साउन पध्र नआए हुन्थ्यो झैं लाग्छ।
यस्ता चाडपर्वको औचित्य के ? बजै पनि निरूत्तर भइन्।
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…