शान्ता तिम्सिना

विद्यालयको शैक्षिक कार्यक्रममा के बोल्यो, उसले अनुमान गर्नै सकेन। जब आफ्नो भनाइ राख्यो, विद्यालयको हल पर्र्रर्रर्र्र तालीले गुञ्ज्यो, अनि पो उसलाई राम्रो बोलेछु भन्ने अनुमान भयो।
त्यहाँ उपस्थित मध्ये हलभित्र केही विदेशीहरू पनि थिए।
सायद उसको विचारले विदेशीको मन छोएर होला , ऊ पनि छनौटमा परेको थियो।
खुशीले उफ्रंदै ऊ घर पुग्यो । घर नछिर्दै भन्यो ; “बाबा , अब म पनि विदेश जाने भएँ ।”
“हैन ! के भन्छ यो ? हामी जस्तो गरिबले विदेश जान सक्दैनौँ बाबू !” बाबाले चिन्ता व्यक्त गर्दै भने। “पैसा लाग्दैन रे बाबा ! म पनि जान्छु है !” उसले खुसी हुँदै सुनायो।
“हो र ? कसरी जाने ? कसले लान्छ रे ? अनि पैसा कसले तिर्छ त ? ” बाबाको मुहारमा आश्चर्य भाव थियो। “हो, बाबा ! आज विद्यालयमा शैक्षिक कार्यक्रम थियो। मैले पनि आफ्नो जीवनको लक्ष्य बारेमा बोलेको थिएँ।” त्यहाँ उपस्थित मध्ये हलभित्र केही विदेशीहरू पनि थिए। तिनीहरुले गरीब र जेहन्दार दुई जना विद्यार्थीलाई विदेशमा लगेर उच्च शिक्षा पढाउने रे ! म पनि छनौटमा परेछु ।”
उसले आफुले पाएको पुरस्कार देखाउँदै भन्यो।
“ओहो, उत्कृष्ट पो भयौ ?” उनले छक्क पर्दै सोधे।
“हो बाबा ! म ठूलो भएर, गरिब र असहायको सेवा गर्नेछु । मेरो लक्ष्य भनेको गरिब र असहायको लठ्ठी बन्नु हो ।” भन्ने विचार व्यक्त गरेको थिएँ ।
“गरिबको लागि भगवान हुन्छन् भन्थे, साच्चै , हो रहेछ । हाम्रा लागि त विदेशी भगवान नै बनेर आएछ्न् ।” उनले आँखाभरी आँसु पार्दै बोले ।
बाबाले चार वर्ष पहिलेको त्यो दिन संँझिए । जुन दिन फिस तिर्न नसक्दा छोरो स्कूलबाट निकालिएको थियो। “दुष्ट प्रधानाध्यापक ! आज देखिस् मेरो छोराको प्रगती !” उनले ठूलो स्वरमा गाली गरे।
“हो त बाबा ! मलाई पनि याद छ नि ! अब केही बर्ष विदेशमा मेहनतले पढ्छु अनि आफ्नै गाउँमा आएर डाक्टर बनेर गरिबहरुको सेवा गर्नेछु ।” छोराले भन्यो।
बाबाले खुशी हुँदै छोरालाई धाप मार्दै भने; “यो कुरा त्यो दुष्ट प्रधानाध्यापकलाई सुनाउनु छ, बाबू ! भोलि म विद्यालय जानेछु।”
छोरोले उत्साहित हुँदै सोध्यो – “म पनि जान्छु नि बाबा ! हुन्छ ?” दुबै दङ्ग परे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

4 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

4 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago