अजित आचार्य
व्यास-९ कलेस्ती,तनहुँ
हाल-मातातीर्थ,काठमाडौं
“तिमीलाई कति जनाले छोएर गए ? मलाई त सानो देखेर होला सबैले उचाल्दै राख्दै गरिराखेका छन्।“
टेबलको छेऊमा राखिएको पातलो कथासङ्ग्रहको पुस्तकले बाक्लो कडा मुखपृष्ठ भएको उपन्यासलाई सोध्यो।उपन्यासको जवाफ आउन नपाउँदै परतिर राखिएको मोटो ईतिहासको ठेलीले सुस्तरी बोल्यो – “यार! मलाई त कसैले हेर्दै हेर्दैनन्। किन हो मान्छेहरू ईतिहासलाई फर्केर पनि हेर्न नचाहेका ?“
“मलाई त आएर छुन्छन्। बिचैमा पल्टाएर १-२ अनुच्छेद पढे झै गर्छन्, अनि त्यसै छाडेर हिड्छन्। अहिलेका मानिसमा धैर्यता नै छैन।“ उपन्यासको पुस्तकले आफ्नो अनुभव बतायो।
“नपढ्ने भए किन हामीलाई यसरी ह्वारह्वार्ती जन्माएका ? किन खर्च गरेर छापेका होलान है ।“ कविता सङ्ग्रहले उसैगरी सँगैको टेबलमा राखिएका पुस्तकहरूसँग दुखेसो पोख्यो।
“हामीलाई जन्माउन हाम्रा लेखकले कति मेहनत गरेकाछन्। प्रकाशकले काँटछाँट गरेर चिटिक्क पारेका छन्। हामीभित्रको शब्दहरू कति ओजिला छन्। तर मानिसहरू बाहिरी रुपरङ्ग हेरेर जान्छन्। भित्री अन्तर्यसम्म पुग्नै सक्दैनन्।“ दर्शन र सिद्धान्तको पुस्तकले एकै स्वरमा आफ्नो पिडा पोखे।
“मलाई त मान्छेहरू खुव मन पराउँछन्। लुकिलुकि आएर पल्टाउँछन्। मेरा कति साथी पुस्तकका प्रतिहरूलाई किनेर लगिसके। अहिलेको बजार त हाम्रो पो रहेछ।“ मुसुमुसु हाँस्दै अलिअलि धाक लगाए जसरी यौन कथा सङ्ग्रहको पुस्तक बोल्यो।
“भाइ हो ! अब हाम्रा दिन गए जस्तो छ। मानिसहरू प्रविधिमैत्री बनिरहेका छन्। अब हामीमाथि लेखिएका अनुच्छेदहरू पढ्ने फुर्सद मानिसहरूमा छैन। अब त खररर बोल्ने डिजिटल प्रविधिका पुस्तकहरू जन्मिसके। तिनीहरूप्रति मानिसको आकर्षण दिनदिनै बढ्दै गएको छ।“ विज्ञानको पुस्तकले सबैलाई सचेत गराउँदै वास्तविकता बोल्यो।
“ओई ! सुमित !! आइज। हामी गयौँ ।”
सुमित अघिदेखि प्रदर्शनीमा राखिएका पुस्तकहरूलाई एकोहोरो हेरिरहेको थियो। उसको अन्तरमनले यसरी पुस्तकहरूसँग सम्वाद गरिरहेको रहेछ। परबाट साथीहरूले बोलाएको सुनेर ऊ झसङ्ग हुँदै हजुर आएँ भन्दै त्यहाँबाट हिड्यो।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…